विद्यार्थीलाई कानूनी सचेतना, उल्लासपूर्ण सहभागिता

महाकाली नगरपालिकाले शिक्षक विद्यार्थीको लागि कानूनी सचेतना कार्यक्रम नगरभित्रका सात वटा विद्यालयमा भएको छ । एकपाइलो मल्टिमिडिया प्रालिसँगको सहकार्यमा नगरपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।
नगरपालिकाभित्रका मालिकार्जुन माध्यमिक विद्यालय निसिल, राष्ट्रिय मावि दत्तु, महेन्द्र नमुना मावि खलंगा, छन्ना तिंकरी कन्या मावि, हुस्कर मावि काटै, हुनैनाथ मावि बाँझ र मालिकार्जुन नमूना मावि धापमा कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यार्थीको उल्लासपूर्ण सहभागिता रहेको छ । कानूनी सचेतना कार्यक्रमले विद्यार्थीको सीप विकासमा मदत पुगेको मालिकार्जुन मावि धापका प्रधानाध्यापक सुन्द्रसिह बुढाथोकीले बताए । विद्यार्थीलाई दिइएको कानूनी सचेतना कार्यक्रम निकै प्रभावकारी रह्यो, प्रअ बुढाथोकीले भने, हामीले सोचेभन्दा राम्रो कार्यक्रम रहेछ । यस्ता कानूनी सचेतना र उत्प्रेरणा अभिमुखीकरण कार्यक्रम शिक्षकहरुको लागि समेत ल्याउन सके अझै प्रभावकारी हुन्छ ।
महाकाली नगर प्रमुख नरसिह चैसिरले विद्यार्थीको सिकाईमा मदत पुग्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताए । विद्यार्थीको सिकाई उपलब्धि हासिल होस् भन्न शैक्षिक क्षेत्रमा थुप्रै काम भइरहेका छन्, उनले भने ।
नगर उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उपप्रमुख सँग शिक्षक विद्यार्थी कानूनी सचेतना कार्यक्रम ल्याएकी थिइन् । उनले भनिन्, बालबालिका विद्यार्थीको सर्वोपरी हितको लागि कानूनी ज्ञान सीप आवश्यक रहेकोले कार्यक्रम गर्नुपरेको हो । अझै प्रभावकारी कार्यक्रम कार्यान्वयनको लागि आफु लागि पर्ने उनले बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिव बहादुर सिंह, प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंह, अधिवक्ता धिरेन्द्रसिह साउँद, हरिशचन्द्र जोशी र सञ्जय खड्काले प्रशिक्षण गरेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार