नेकपा एमाले दार्चुलाले जिल्लातहका नेता कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम दोस्रो पनि जारी छ । पछिल्लो राजनीतिक परिवेश, आगामी निर्वाचन, जनवर्गीय संगठन, जनप्रतिनिधि र पार्टीबीचका सम्बन्ध, विकास निर्माण, पार्टीका सिद्धान्त, जनताको बहुदलीय जनवाद लगायतका विषयमा एमालेले कार्यकर्तालाई प्रशिक्षण गर्न लागेको हो ।
नौ वटै स्थानीय तहका नेता कार्यकर्तालाई लक्षित गरी प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको जिल्ला कमिटि सचिव उमेशराज जोशीले जानकारी दिए । पार्टी नेता र कार्यकर्तालाई विचार र दृष्टिकोणमा प्रष्ट, अब्बल संगठन, विकासमा नेतृत्वदायी भूमिका बनाउने पार्टीको लक्ष्य अनुरूप प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए।

केन्द्रीय स्कुल विभागको आयोजना र प्रदेश स्कुल विभागको समन्वयमा जिल्ला कमिटी दार्चुलाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिएको छ ।
तीन दिनसम्म चल्ने कार्यक्रममा पार्टीका नेताहरु सहभागि छन् । एमाले जिल्ला कमिटि सदस्य, पदाधिकारी, नगरपालिका तथा गाउँपालिका कमिटीका अध्यक्षहरुलाई प्रशिक्षण दिन लागिएको छ । प्रशिक्षण कार्यक्रम मंगलबार सकिदैछ । प्रशिक्षण लगत्तै जिल्ला कमिटी बैठक बस्ने एमालेले जनाएको छ ।







