सुरु भयो यार्सागुम्बा संकलनको सिजन

दार्चुलामा यार्सागुम्बा संकलन सिजन सुरु भएको छ । यो वर्ष समयमै वर्षा र हिमपात नहुँदा यार्सागुम्बा संकलनको सिजन सुरु भएको हो । स्थानीयले यार्सागुम्बा संकलनको लागि आवश्यक तयारी थालेका छन् ।
तर अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले भने जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन अनुमति दिइने भएको छ । बैशाख १६ गतेदेखि यार्सा संकलन ईजाजत पत्र अपीनाम्पा संरक्षण क्षेत्रको मूख्य कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, व्याँस रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगर पोष्ट, दुम्लिङ पोष्ट र हिकिला पोष्टबाट वितरण हुने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी ईन्द्रसिह नगारीले जानकारी दिए ।
अनुमति पत्र वितरण भएपनि संकलन भने जेठ दोस्रो सातबाट हुनेछ उनले भने ।यार्सा संकलनका लागि तीन रंगको अनुमति कार्ड जारी गरिनेछ ।
कार्यालयले संरक्षण क्षेत्र भित्रका नागरिकका लागि हरियो रंगको अनुमति पत्र जारी गरिने जनाएको छ । जसमा प्रति व्यक्ति पाँच सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै संरक्षण क्षेत्र बाहिरका तर, जिल्लाभित्रका नागरिकको लागि पँहेलो रंगको कार्ड तथा दुई हजार शुल्क र जिल्ला बाहिरका नागरिकका लागि रातो रंगको कार्ड जारी भई तीन हजार शुल्क निर्धारण गरिएको छ ।
यार्सागुम्बा संकलन गर्ने अवधी जेठ दोस्रो साताबाट असार मसान्तसम्म हुने संरक्षण क्षेत्रले जनाएको छ । यस्तै संकलन अनुमति पत्र नलिई यार्सागुम्बा संकलन गरेको भेटिएमा वा ओसारपसार गरेको भेटिएमा कारवाही हुने जनाइएको छ ।
दार्चुलाको मुख्यगरी व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका हिमाली क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने गरेको छ । जिल्लाबाटा बार्षिक ६ देखि ८ कुण्टलसम्म यार्साग्ुम्बा संकलन हुनेगरेको छ । जिल्लाको सबैभन्दा बढि अपिहिमालको लोलु, रोखापु, सातगंगा, चाइमटेला, धरमघर, क्षति, काटै लगायतका वनमा यार्सागुम्बा संकलन हुने गरेको छ। यस्तै व्याँस गाउँपालिकाको अपि फेद क्षेत्रमा यार्सागुम्बा पाइने गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार