प्रमुख जिल्ला अधिकारी जोशीले गरे कारागारको निरीक्षण

दार्चुला । प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जिल्ला करागार दार्चुलाको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भएर दार्चुला पुगेलगत्तै कारागारको निरीक्षण गरेका हुन् ।
प्रजिअ जोशीले जिल्ला कारागारभित्रको अवस्थाको बारेमा जानकारी लिएको जिल्ला करागार कार्यालय दार्चुलाका प्रमुख रामराम पन्तले जानकारी दिए । जिल्ला कारागार दाचर््लामा अहिले ६० जना कैदी रहेको बताएको छ ।
कारागारमा २ जना जेष्ठ नागरिक एक जना महिला र ५७ जना पुरुष रहेका छन् । निरीक्षमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी जिल्ला प्रहरी कार्यालय दार्चुलाका कार्यालय प्रमुख डिएसपी शिवबहादुर सिह रहेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार