दार्चुलामा नयाँ आएका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले कार्यभार समालेका छन । गृह मन्त्रालयले यहि चैत्र ६ गते कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी जोशीलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेपछि उनले सोमबार आज देखि जिल्ला प्रशासन कार्यालय दार्चुलाको कार्यभार समालेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई मन्त्रालयले कैलाली जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेपछि उनको ठाउँमा यज्ञराज जोशी दार्चुला आएका हुन । आजै जिल्ला पुगेका सिडिओ जोशीले सुरुमा कार्यालयको अवस्था बुझ्नु साथै उनले सुरक्षा निकायका प्रमुखहरुसंग जिल्लाको वस्तुस्थितिबारे जानकारी लिनु भएको छ ।

पहिलो पटक प्रमुख जिल्ला अधिकारी भएर दार्चुला आउनु भएका उहाँले सुरक्षा निकायबीच अधिकृतम समन्वयगरी काम गर्ने बताएका छन । कार्यालयमा नयाँ आएका प्रमुख जिल्ला अधिकारी जोशीलाई सोमबार आजै सुरक्षा निकायका प्रमुख र कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुले स्वागत समेत गरेका छन ।
नव आगन्तुक प्रमुख जिल्ला अधिकारी जोशीले केहीदिन भित्रै जिल्लाका राजनीतिक दल निर्वाचित स्थानीय तहका नगर प्रमुख उप प्रमुख अध्यक्ष उपाध्यक्ष जनप्रनिधि कार्यालय प्रमुखहरु, सामाजिक संघसंस्थाका प्रमुखहरु, लगायत सञ्चारकर्मीहरु संग परिचयात्मक र अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।







