दार्चुला । दार्चुलामा चितुवाको छालासहित एक जना पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा नाैगाड गाउपालिका -४ सिप्टीका ३६ बर्षीय शेरसिह धामी रहेका छन् ।
उनलाई प्रहरीले मार्मा गाउँपालिका -३ लटिनाथ बजार बाट दुई थान चितुवाको छाला सहित पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एव प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिहले जानकारी दिए ।
प्रहरी निरीक्षक सिहका अनुसार उनी लटिनाथ बजारमा शंकास्पद रूपमा हिडिरहेका थिए । प्रहरीले खानतलासी गर्दा उनीबाट चितुवाको छाला फेला परेकाे हाे । धामीलाई थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय दार्चुला ल्याईदै छ।


चितुवाको छाला सहित एक पक्राउ




