काठमाण्डाै – त्रिदेशीय टी–२० शृङ्खलाअन्तर्गत हङकङसँगकाे पहिलाे खेलमा नेपालले टस जितेकाे छ । मोङ कोकमा टस जितेर नेपालले बलिङ गरिरहेकाे छ । नेपालका करण केसीले खेलकाे पहिलाे बलमै विकेट लिए ।
शृङ्खलामा नेपाल, हङकङ र पपुवा न्यूगिनी (पीएनजी) रहेका छन् । तालिकाअनुसार पर्सि मङ्गलवार पीएनजीले नेपाल र हङकङ दुवै टोलीसँग खेल्नेछ । बुधवार फाइनल खेल हुनेछ । तालिकामा तेस्रो हुने टोलीले हङकङ ‘ए’ सँग टी–२० खेल्नेछ ।

क्यानले यसअघि नै युवा खेलाडी समेटेर टी–२० खेल्ने टोलीको घोषणा गरेको थियो । नेपाल रोहित पौडेलको कप्तानीमा हङकङ भ्रमणमा छ । प्रशिक्षक मोन्टि देशाइले दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल मल्ल, अनिल शाह र ललित नारायण राजवंशीलाई विश्राम दिएका छन् ।






