दुहुँ गाउँपालिकाले जनताका समस्या बुझ्न जनप्रतिनिधि सहितको टोली घरदैलो अभियानमा जुटेको छ । ‘जनतासँग अध्यक्ष’ कार्यक्रम लिएर जनप्रतिनिधि कर्मचारीको टोलीसहित घरदैलो अभियानमा जुटेको हो ।
जनताका प्रत्यक्ष गुनासा सुन्न, सुझाल लिन तथा घरदैलोमा सेवा दिने उद्देश्यसहित अभियान सुरु गरेको छ । हरेक वडाका वस्तीस्तरम्म पुगेर जनताको प्रत्यक्ष गुनासा, अपेक्षाबारे जानकारी लिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले बताए ।
घरदैलो अभियान अन्तर्गत स्वास्थ्य शाखा, आयुर्वेद शाखा, विपद् शाखा, कृषि शाखा, योजना शाखा र पशु शाखा कार्यालयका कर्मचारी पनि सँगै अभियानमा लिइएको छ । उनीहरुले क्षेत्रगत अवस्थाबारे सेवाग्राहीसँग छलफल गरिरहेका छन् ।
जनप्रतिनिधिहरुले कर्मचारीबाट प्रवाह भइरहेको सेवा, जनताको माग र चाहना प्राथमिकताबारे सुझाव लिइरहेको गाउँपालिका प्रवक्ता देब बहादुर बमले बताए । मङ्सिर १ गते बाट सुरु भएको अभियान मङ्सिर १२ गते समापन हुनेछ ।