तिहार लक्षित सुरक्षा सीमा नाका झुलाघाटमा कडाइ

बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कडाइ गरिएको छ । तिहारको समयमा भारतीय बजारबाट पटाका, अतिशबाजीजस्ता विस्फोटक सामग्री आयत हुन सक्ने भएकाले सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

तिहारलाई लक्षित गरेर सीमा नाकामा कडाइ गरिएको हो । झुलाघाट नाकामा पारीपट्टीबाटै पनि कडाइ गरिएको छ । गएको महिना भारतीय बजारबाट सुरा र गन्धकसहित खरीद गरेर नेपाल ल्याउँदै गरेको अवस्थामा एक महिला पक्राउ परेपछि सीमा नाकामा कडाइ गरिएको छ ।

तिहारको समयमा पटाका, अतिशबाजी लगायतका वस्तुहरु जलाउँदा आगलागी हुन सक्ने, चोटपटक लाग्न सक्ने भएकाले त्यस्ता सामग्रीको प्रयोग नगर्न प्रहरीले सबैलाई आग्रह समेत गरेको छ ।

तिहारको समयमा ढुक्क भएर चाडपर्व मनाउन समेत प्रहरीले आग्रह गरेको छ । चाडपर्वको समयमा हुन सक्ने विभिन्न आपराधिक घटना न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार जिल्ला प्रहरी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक खत्रीले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार