भिमदत्त राजमार्ग अन्तरगत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका ७ खस्र्याखानमा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

धनगढीबाट दार्चुला आउदै गरेको सु.प.प्र ०१ – ००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका १ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका १ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् ।
यसैगरी जीप चालक बैतडीको डिलासैनी गाउँपालिका २ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाक विषयमा थप अनुसन्धान भैरहेको छ।












