दार्चुला । मालपोत कार्यालयको नाम परिवर्तन गरिएको छ । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत मालपोत ऐन तथा जग्गा नाप जाँच ऐनमा रहेको ‘मालपोत कार्यालय’ शब्द हटाएर त्यसको सट्टा ‘भूमि प्रशासन कार्यालय’ कायम गरेको हो ।

यससँगै ‘मालपोत अधिकृत’ को पदनामलाई संशोधन गर्दै ‘भूमि प्रशासन अधिकृत’ भनिएको छ। दार्चुला मालपोत कार्यालयले सोमवार नयाँ कायम गरिएको भूमि प्रशासन कार्यालयको साइन बोर्ड झुन्ड्याएको छ ।

यस्तै कार्यालयले यसबारे सरोकारवाला र सबैलाई सूचना जारी गर्दै सूचित गरेको छ । सरकारले भूमि प्रशासन सम्बन्धी सेवा प्रवाहलाई समयानुकूल, व्यवस्थित र आधुनिक बनाउने उद्देश्यले नाम परिवर्तन गरिएको जनाएको छ ।











