दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले अन्तर–इकाइ कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुने चार जना प्रहरी कर्मचारीलाई सम्मान गरेको छ।

सम्मानित हुनेमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरज सिंह भाट, इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रहरी नायब निरीक्षक प्रेमबहादुर साउद, प्रहरी चौकी दल्लेखका प्रहरी सहायक निरीक्षक दिर्गबहादुर ऐर तथा अस्थायी प्रहरी पोष्ट धुलिगडाका प्रहरी सहायक निरीक्षक हर्कबहादुर ऐर रहेका छन्।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० गौरव महतले एक कार्यक्रमबीच प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
चालु आर्थिक वर्ष २०८२र०८३ का लागि तय गरिएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार “नेपाल प्रहरीका प्राथमिकता क्षेत्र पहिचान गरी आवश्यकता अनुसार नवप्रवर्द्धनात्मक कार्य सञ्चालन गर्ने” लक्ष्यका आधारमा ‘अन्तर इकाइ कार्यसम्पादन मूल्याङ्कन २०८२’ लागू गरिएको थियो।
सोही मूल्याङ्कनअन्तर्गत मिति २०८३ वैशाख २२ गते सम्पन्न प्रथम त्रैमासिक समीक्षा कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान गरिएको हो।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित र प्रेरित बनाउने उद्देश्यले सम्मान गरिएको जनाइएको छ। साथै, डीएसपी महतले उपस्थित प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन मूल्याङ्कनलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशनसमेत दिएका थिए।










