दार्चुलामा बृद्ध महिला हत्या आराेपमा दुई जना पक्राउ

दार्चुला – दार्चुलाकाे शैल्यशिखर नगरपालिका-८ का ७१ वर्षीया लक्ष्मी जाेशीकाे हत्या घट्नामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।
साेमबार राति घरमै मृत फेला परेकी जाेशीकाे हत्या गरेर गरगहना लुटपाट गरेकाे आराेपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे हाे।

पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका-९ बस्काेटका २४ वर्षीय उमेश साउद र बैतडी डिलाशैन गाउँपालिका-५ लठ्ठेकाेटा २४ वर्षीय गाेपाल नाथ रहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वमा खटिएको टाेलीले घटनाको सफल अनुसन्धान गरेकाे हाे ।

उनकाअनुसार पक्राउ परेका साउद ट्याक्टर चालक हुन् भने नाथ उनकाे सहयाेगीका रूपमा काम गर्थे । साउद मृतक जाेशीका छिमेकी समेत हुन् ।
भट्टका अनुसार उनीहरूले जाेशीकाे हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ । झन्डै दुई ताेला बराबरका गरगहना बरामद गरिएकाे उनले बताए । प्रहरीले कानकाे मुन्द्रा र फुलि बरामद गरेकाे छ ।

उनीहरू मध्ये साउद चाेरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भाेगेका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार