दार्चुलामा एकै दिन दुई जनाकाे हत्या

दार्चुलामा एकैदिन दुई जनाकाे छुट्टाछुट्टै ठाउँमा हत्या भएको छ । महाकाली नगरपालिका- ४ खलंगा बङ्गाबगडमा नेपाल प्रहरीका हवल्दार याेगेन्द्र घर्ती र शैल्यशिखर नगरपालिका-८ मा ७१ वर्षीया महिला लक्ष्मी जाेशीकाे हत्या भएको हाे ।

सामुदायिक प्रहरी केन्द्र बंगाबगडमा कार्यरत प्रहरी हबलदार घर्तीको एक हाेटलमा हत्या भएको महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिए ।
प्रहरीले शवलाई जिल्ला अस्पताल दार्चुला पठाएको छ । स्थानीयले घट्नाकाे अनुसन्धान गरि दाेषीलाई कारवाही गर्न माग गरेका छन् । स्थानीय विजय ऐरीले भने, हाेटलमा हत्या गरेर फालिएको छ । टाउको भरि चक्कु प्रहार गरिएको घाउ छ । स्थानीयले हाेटल सञ्चालक पक्राउ गरि अनुसन्धान गर्न माग गरेका छन् ।
यस्तै  शैल्यशिखर नगरपालिका–८ देवलका  ७१ वर्षीया लक्ष्मी जोशीकाे हत्या गरि सुनचाँदी लुटपाट भएको छ ।
घरमै एक्लै रहेका उनकाे हत्या गरि घरबाहिर शव फालिएको अवस्थामा फेला परेकाे स्थानीय मनाेरथ जाेशीले जानकारी दिए । उनकाे टाउकोमा चाेट छ । हत्यापछि उनले लगाएकी साढे तीन ताेला सुन लुटपाट भएको उनलेे बताए  । घरभित्र बाकस फुटेकाे अवस्थामा फेला परेकाे छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक निरजसिंह भाटको टाेली खटिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गाेकुलेश्वरले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार