दार्चुलाबाट नौ जना नयाँ अनुहार पहिलोपटक एमाले महाधिवेशन प्रतिनिधि चयन

दार्चुला । यही मङ्सिर २७ गतेदेखि सुरू हुने नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दार्चुलाबाट नौ जना नयाँ अनुहार पहिलोपटक महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जिल्लाबाट चयन भएका १२ मध्ये नौ जनाले पहिलोपटक प्रतिनिधित्व गर्ने मौका पाएका हुन् ।

यसपटक महिलातर्फ तीन जना नयाँ प्रतिनिधि चयन भए । लेकम–३ की माधवी जोशी, व्यास–३ की निर्मला धामी र दुहुँ–४ की ताराकेशरी कुँवर पहिलोपटक महाधिवेशनमा सहभागी हुनेछन् ।

युवातर्फ दुहुँ–२ का जिल्ला कमिटी सचिव उमेश जोशी चयन भए । जाेशी युवाबाटै पार्टीमा सचिव पदमा पुगेका हुन् । दलिततर्फ महाकाली नगरपालिका–२ का मुरारी लाल टमटा पहिलोपटक प्रतिनिधि बन्न सफल भए ।

पुरुष खुलातर्फ अपिहिमाल गाउँपालिका–३ का धर्मानन्द मन्याल (डीएन), मार्मा गाउँपालिका–४ का कृष्णसिंह धामी (हिमाल), मालिकार्जुन–५ का रणबहादुर पाल र नौगाड गाउँपालिका–६ का जनकसिंह ठगुन्ना नयाँ अनुहारका रूपमा चयन भएका छन्।

जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीका अनुसार यसपटक सबै स्थानीय तहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यसअघि प्रतिनिधि भएका दलिततर्फका शैल्यशिखर–१ का लालबहादुर विक, शैल्यशिखर–८ का रामदत्त जोशी र पार्टी अध्यक्षसमेत रहेका महाकाली–४ का ज्ञानेन्द्र घर्ती पुन प्रतिनिधि भएका छन् ।
आयाेजककाे रूपमा स्वत प्रतिनिधिकाे रूपमा पाेलिटव्यूराे सदस्य गणेशसिह ठगुन्ना र केन्द्रीय सदस्य हरदेव जाेशी छन् ।

सम्बन्धित समाचार

ताजा समाचार