दार्चुलामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनाेट : १२ जनाकाे लागि ३४ जनाकाे उम्मेदवारी

दार्चुला – नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि दार्चुलामा छनाेट प्रकृया सुरू भएको छ ।
१ मात्रै निर्वाचन क्षेत्र रहेकाे दार्चुलामा १२ जना प्रतिनिधिकाे लागि ३४ जनाकाे उम्मेदवारी परेकाे छ ।
महाधिवेशन प्रतिनिधि छनाेट अन्तरगत बिहिवार उम्मेदवारी दर्ता प्रकृया सुरू गरिएको निर्वाचन समितिले जनाएको छ ।
दार्चुलाबाट महिला ३ जना प्रतिनिधिकाे लागि ६ जनाकाे उम्मेदवारी परेकाे छ । महिलामा महाकाली नगरपालिका -६ का दुर्गा कुमारी खत्री बिष्ट, महाकाली -१ का दुर्गा धामी, लेकम- ३ का माधवी जाेशी, व्यास -३ का निर्मला धामी, दुहुँ -२ का गाैरी बडाल, दुहुँ – ४ का ताराकेशरी कुँवरले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै १ जना युवाकाे लागि ३ जनाकाे उम्मेदवारी परेकाे छ । जसमा दुहुँ – २ का उमेशराज जाेशी, मार्मा-३ का खेमराज जाेशी, मार्मा – ४ का उमेश खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।
दलित २ काे लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । दलिततर्फ महाकाली – २ का मुरारी लाल टमटा, महाकाली – ५ का अर्जुन ओखेडा, लेकम-३ का डम्बरराम पार्की, र शैल्यशिखर-१ का लालबहादुर विकले उम्मेदवारी दिएका छन् ।
पुरूष खुलातर्फ ६ जनाकाे लागि २१ जनाकाे उम्मेदवारी परेकाे छ । खुलातर्फ अपि हिमाल गाउँपालिकाबाट धर्मानन्द मन्याल डिएन, र चरन बुढाथोकी, मार्मा गाउँपालिकाबाट कृष्णसिह धामी हिमाल, शैल्यशिखर नगरपालिकाबाट रामदत्त जाेशी, विजयसिह धामीकाे उम्मेदवारी दर्ता भएको छ ।
मालिकार्जुन गाउँपालिकाबाट हिरासिह धामी, माेहनसिह धामी र रणबहादुर पाल, लेकम गाउँपालिकाबाट परमानन्द जाेशी, महाकाली नगरपालिकाबाट ज्ञानेन्द्र घर्ती, नरसिह चैसिर, भक्तराज निराैला र खिमानन्द भट्टले उम्मेदवारी दर्ता गराएका छन् ।
नाैगाड गाउँपालिकाबाट जनकसिह ठगुन्ना, मङ्गलसिह ठगुन्ना, प्रेमसिह धामी र लालबहादुर धामी, दुहुँ गाउँपालिकाबाट उदयसिह बडाल, र व्यास गाउँपालिकाबाट भगतसिह ऐतवाल र नगेन्द्र तिंकरीले उम्मेदवारी दर्ता गराएकाे निर्वाचन समितिले जनाएको छ ।
उम्मेदवारी परेकाहरूकाे लागि सहमति गर्न शुक्रबार दिउँसो १ बजेसम्मकाे लागि समयावधि दिइएकाे छ ।

सम्बन्धित समाचार

ताजा समाचार