व्याँसी सौका समाज दार्चुलाको आठौं महाधिवेशन भव्यरुपमा उद्घाटन (तस्बिरमा हेर्नुहाेस्)

व्याँसी सौका समाज दार्चुलाको आठौं महाधिवेशन तथा २५ औं बार्षिक साधारण सभा खलंगामा भएको छ । महाधिवेशनको बन्द शत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।
रं समाजका अध्यक्ष पुरनसिह बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा उत्तराखण्ड प्रदेशका पूर्व मुख्य सचिव नृपसिह नपलच्यालको प्रमुख आतिथ्य रहेको थियो ।
महाधिवेशनको उद्घाटन शत्रमा बोल्नेवक्ताहरुले आदिबासी जनतजातीको अधिकार प्राप्तिको लागि एकजुट हुनुपर्नेमा जोड दिए । सीमित समुदायका नागरिकले पाउनुपर्ने सेवा सुविधाको लागि सबै एक हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।
कार्यक्रममा भारतका अशोकसिह नवियाल, निर्वतमान प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल, व्याँस गाउँपालिका उपाध्यक्ष बिनोदसिह कुवँर, व्याँसी सौका समाजका संस्थापक अध्यक्ष ललितसिह बोहरा, संस्थापक सचिव नगेन्द्र तिंकरी लगायतले मन्तव्य राखेका थिए ।
व्यासी सौका समुदाय दार्चुलाका सितोला, राप्ला, छाङ्गरु, टिंकरमा बसोबास रहेका छन् । व्यासीहरु झण्डै ३ हजारको हाराहारीमा रहेका छन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सम्बन्धित समाचार

ताजा समाचार