वडाभित्र स्थायी बसोबास गर्ने बालबालिका वडाभित्रै भर्ना गर्न वडाको अपिल

दार्चुला । व्याँस गाउँपालिका वडा नम्बर ३ ले वडाभित्रका अभिभावकलाई आफ्ना छोराछोरीलाई वडाभित्रकै विद्यालय भर्ना गर्न अपिल गरेको छ । शैक्षिक सत्रको भर्ना अभियान प्रारम्भ भए लगत्तै वडा अध्यक्ष उपेन्द्रसिह धामीले अपिल जारी गरेका हुन् ।
‘वडाभित्र स्थायी ठेगाना भएका अभिभावकहरुलाई वडाभित्रकै विद्यालयमा बालबालिका भर्ना गरि दिन हार्दिक अपिल गरिन्छ,’ वडा अध्यक्ष धामीद्धारा हस्ताक्षरित अपिलमा भनिएको छ । हाम्रा सामुदायिक विद्यालयहरु पनि गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको हुँदा वडाका विद्यालयको सेवा क्षेत्रभित्र पायकपर्ने विद्यालयमा बालबालिका भर्ना गरिदिन उनले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार