दार्चुला । नौगाड गाउँपालिकामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–५ सौकेबगडमा होपरिगाडतर्फ गइरहेको बा ३ च २३९९ नम्बरको टिप्परले ठक्कर दिदा पैदल यात्रु हरसिह ऐरिको घटना स्थलमै मृत्यु भएको हो ।
टिप्पर चालक संखुवासभा जिल्ला चौनपुर नगरपालिका–७ का २४ वर्षीय सुरज तमाङ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी छत्र रावतले जानकारी दिनुभयो । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
