उकुबाट तस्करी हुँदै गरेको काठ स्थानीयले समाते, बिक्रीमा अध्यक्षकै संग्लनताको आरोप

मालिकार्जुन गाउँपालिका–६ उकुस्थित मालिकार्जुन सामुदायिक वनबाट तस्करी भइरहेको काठ स्थानीयले रोकिदिएका छन् । मंगलबार राति ट्याक्टर र टिप्परमा हालेर तस्करी भइरहेको सालको काठ स्थानीयले रोकिदिएका हुन् ।
मालिकार्जुन सामुदायिक वनका अध्यक्ष केशरसिह महराले सामुदायिक वनबाट काठ चिरानी गरेर व्यापारीलाई विक्री गर्ने खोजेको स्थानीयको आरोप छ । १३० क्युविक फिट काठ तस्करी भइरहेको थाहाँ पाएपछि रोकिदिएको समितिका सदस्य हिरा पालले बताए । उनले भने, ‘सरस्वती मावि उकुस्थित सडकमा काठ ल्याएर ट्याक्टर र टिप्परमा काठ लोड भइरहेको खबर आयो । राति ९ः०० बजे काठ लोड भएको खबर आएपछि स्थानीय त्यहीँ पुगेर रोकेका हुन् ।
स्थानीय पुगेलगत्तै काठ तस्कर भागेको उनले बताए । गाडी छोडेर ५।७ जनाको समूहमा भागेर गए । त्यहीँ बेला गाउँमा एक जना मृत्यु भएको खबर पछि आफु गाउँ हिडेको थिए । पछि फर्किदा ट्याक्टर र र टिप्परमा लोड भएको काठ त्यही फालेर गाडी लगेर गएको पाइयो उनले भने ।
काठको कसरी काटियो भन्नेबारे समेत समितिमा कुनै छलफल नभएको उनले बताए । ‘काठ काट्नै पर्ने थियो भने पनि पूर्जी बनाउनुपर्ने हो,’ पालले भने, ‘त्यो पनि देखिएको छैन् ।’ पूर्जी दिने मैले हो, अहिलेसम्म कसैको नाममा पूर्जी गएको छैन् । ढलापढेकै काठ भए पनि बिक्री गर्नुपर्ने अवस्थामा सामुदायिक वनका समितिमा छलफल भएको छैन् । पूर्जीबीनै काठबाहिर जान थालेपछि मात्रै स्थानीयले नियन्त्रणमा लिएका हुन् ।
समितिका सचिव इन्दु पाल काठ कसरी र के प्रयोजनको लागि काटिएको हो भन्ने बारे आफुसँग कुनै सल्लाह नभएको बताउँछिन् । उनले भनिन्, ‘हिजो वनका मान्छे आएपछि आफुलाई खबर आएको हो ।’ काठको अनुमति गएको हो कि होइन भन्ने विषयमा आफुले चासो राख्दा नभएको पाइएको उनले बताइन् ।
सामुदायिक वनका अध्यक्ष केशबसिह महरा काठ घरायसी प्रयोजनको लागि काटिएको दाबी गर्छन् । उनले भने, ‘काठ विक्रीको लागि काटिएको होइन् । घरमै प्रयोग गर्न काटिएको हो । तर अनुमति चाहि लिइएको छैन् ।’ समितिमा पछि अनुमति लिउँला भनेरै नलगिएको उनको दाबी छ ।
विगतमा पनि पछि अनुमति लिने काम गरिएका छन् । गाउँमा व्यवहार मिलाउने विषय हो उनले भने । काठ लोड गरिएको मिनि ट्रकको बारेमा समेत उनले अनभिज्ञता प्रकट गरे । ट्याक्टर दत्तुबाट सरीया फाल्न आएको थियो । त्यहि ट्याक्टरलाई काठ ओसार्न लगाइएको हो । एकपटक फालिसकेपछि दोस्रोपटक ल्याउने क्रममा समातिएको हो ।
स्थानीयले लोड गर्ने बेला ट्याक्टर र टिप्परको भिडियो फाटो खिचेका छन् । काठ समातिए लगत्तै डिभिजन वन कार्यालयलाई खबर आएको थियो । तर डिभिजन वन कार्यालयको टिम बुधबार दिउँसो २ बजेपछि मात्रै उकु गएको थियो । उनीहरुले घट्नास्थल मुचुल्का बनाएर फर्किएका छन् ।
जोलजीवि रेन्जपोष्टका रेन्जर मानबहादुर नाथका अनुसार चिरवान गरिएको काठ फेला परेको छ । काठ बोक्न प्रयोग गरिएको मिनि ट्रक सुपप्र ००१ ख २४१० हो भने ट्याक्टर सुपप्र ०१–००२ त ७१०६ हो । काठ कसको हो भन्ने बारे अनुसन्धानपछि मात्रै थाहाँ हुने उनले बताए ।
बरामद गरिएको काठ सामुदायिक वनका पदाधिकारीलाई नै अहिले जिम्मेवारी लगाइएको छ उनले भने, काठको बारेमा अनुसन्धान गर्छौ । वनले मागेको बेला बुझाउने गरी मुचुल्का बनाएर आयौं । यो विषयमा डिभिजन वन कार्यालयबाटै अनुसन्धान होला । मुुचुल्कामा काठ ट्रक र टिप्परमा गइरहेको बेला राति ११ बजे उपभोक्ता समितिले रोकिदिएको उल्लेख छ ।
डिभिजन वन प्रमुख लक्ष्मीराज जोशी काठको विषयमा अनुसन्धान अघि बढेको बताउँछन् । उनले भने काठको लागि अनुमति लिएको देखिदैन् । हाम्रा कर्मचारी जोलजीवि रेन्जपोष्टमा नभएको बेला काठ ढुवानी हुन खोजेको देखिन्छ । ट्याक्टर र टिप्पर नम्बर आएको हुँदा पत्रचार गरेर अनुसन्धान थाल्छौ उनले भने ।


जोलजीविमा रेन्जपोष्टमा त्यो रात थिएनन् वनका कर्मचारी
मंगलबार राति काठ खलंगा ल्याउन ठिक्क पारिएको बेला जोलजीवि रेन्जपोष्टमा वनका कर्मचारी कोहि नभएको खुलेको छ । रेन्जपोष्टमा दुई जना कर्मचारी रहेकोमा दुवै जना सदरमुकाम खलंगा थिए ।
रेन्जपोष्ट इन्चार्ज मानबहादुर नाथ र वनरक्षक कर्णबहादुर शाही दुवै जना फिल्डको काममा खलंगा आएका हौं रेन्जर नाथले भने । आफु चैत २५ गते कार्यालयमा हाजिर भएर जलविद्युतको काम र अफिसमा काम भएको हुँदा चैत २६ गते बिहानै खलंगा आएको बताउँछन् । हामीसँग ठूलो क्षेत्र सामुदायिक वन छ । जनशक्ति कमी छ । त्यो राति जोलजीवि अफिसमा कोहि पनि थिएनन उनले भने ।
रेन्जपोष्टमा वनरक्षकको दरबन्दी भए पनि डिभिजन वनमै बसेर कर्मचारीले हाजिरी गर्दा समस्या भएको हो । मालिकार्जुन क्षेत्र ठूलो एरिया पनि हो । यहाँ वन रक्षकले मात्रै पुग्दैन् उनले भने सशस्त्र वन रक्षकको आवश्यक्ता छ । काठ तस्करीमा आफुहरुको कुनै संग्लनता नभएको रेन्जपोष्ट प्रमुख नाथको दाबी छ ।

सम्बन्धित समाचार

ताजा समाचार