सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस खलंगामा बुधबार भएको निर्वाचनमा ४४९ मत खसेको छ । क्याम्पसमा कुल ४८५ जना मतदाता रहेका थिए ।
बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान भएको थियो । निर्वाचनमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा नेपाली काग्रेंस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानल प्रतिस्पर्धामा छ ।
योपटकको स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट खडकसिह ठगुन्ना, अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको तर्फबाट प्रकाश बडू तथा स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशी प्रतिस्पर्धी छन् ।
निर्वाचन समितिले आजै मतगणना गर्ने तयारी गरेको छ ।
