अछाम आगलागी पीडितलाई राहत तथा क्षतिपुर्ति दिन एमालेको माग

अछाममा आगलागीबाट पीडित भएका नागरिकलाई राहत तथा क्षतिपुर्ति उपलब्ध गराउन एमालेले माग गरेको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कृष्णप्रसाद जैशी र इन्चार्ज लेखराज भट्टद्वारा हस्ताक्षरित बिज्ञप्तिमा आगलागीबाट भएको क्षतिको मूल्याङ्कन गराई क्षतिपूर्ति उपलव्ध गराउन माग गरेकाे हाे ।
एमालेले तत्कालको लागि राहतको समेत व्यवस्था गर्न तीन तहका सरकार, नेपाल रेडक्रस सोसाइटी, विमा कम्पनीलगायत सरोकारवालाहरुसँग आग्रह गरिएको छ ।
२०८१ चैत्र २६ गते सांझ अछामको बान्नीगढ़ी जयगढ़ गाउँपालिकाको जयगढ़ बजारमा आइएमई सेन्टरको कार्यालयमा राखिएको घरमा ग्याँस सिलिण्डर पड्किएको कारण आगलागी भएको थियो ।
“सांघुरो बाटो, जोडिएका जस्तापाता लगायतका पसल÷घरहरु रहेकाले दमकल र उद्धार टोलीलाई आउन लागेको समय, डोजर र दमकललाई नजिकबाट काम गर्न कठिनाई तथा पानीको समेत कमीका कारण आगो नियन्त्रणमा लिन रातको करिव १ः३० बजे मात्र सम्भव भएको र ३१ वटा घर सहित कराडौंको क्षति भएको छ” बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा भनिएको छ “प्रभावित परिवार तथा व्यापारीहरुमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै गहिरो दुखका साथ सहानुभुति व्यक्त गर्दछौं ।”

सम्बन्धित समाचार

ताजा समाचार