स्ववियु निर्वाचन : दार्चुला बहुमुखी क्याम्पस खलंगामा यसरी हुँदैछ मतदान

सदरमुकाम खलंगास्थित दार्चुला बहुमुखी क्याम्पस खलंगामा स्वतन्त्र विद्यार्थी युनियनको लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि मतदान सुरु भएको हो ।
स्ववियु निर्वाचनको लागि एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा नेपाली काग्रेंस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको संयुक्त प्यानलबीच भीडन्त हुँदैछ ।
एमाले निकट अनेरास्ववियुले एकछत्र जित हासिल गर्दै आएको अनेरास्ववियुको गड भत्काउन दुई संगठन एक भएका छन् । यता एमाले निकट अनेरास्ववियु भने आफ्नो विरासत जोगाउने दाउँमा छ ।
योपटक दार्चुला बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा कुल ४८५ जना मतदाता रहेको दार्चुला बहुमुखी क्याम्पस खलंगाका निर्वाचन अधिकृत करनसिह साउँदले जानकारी दिए ।
यो पटकको स्ववियु सभापतिमा अनेरास्ववियुको तर्फबाट खडकसिह ठगुन्ना नेतृत्वको प्यानल प्रतिस्पर्धामा छ । यस्तै अनेरास्ववियु क्रान्तिकारी र नेविसंघको तर्फबाट प्रकाश बडू नेतृत्वको संयुक्त प्यानल बनेको छ । स्वतन्त्र उम्मेदवार अनिल चन्द्र जोशीले भने सभापतिमा मात्रै उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार