दार्चुला । दार्चुलामा नयाँ शैक्षिक शत्र २०८२।८३ को विद्यार्थी भर्ना अभियानको तयारी तिव्र पारिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाका प्रमुख जयराज पन्तका अनुसार अहिले जिल्लाका नौँ वटै स्थानीय तहहरुले विद्यार्थी संख्या अनुसार पाठ्यपुस्तक माग गरिसकेका छन् । उहाँका अनुसार एक हप्ताभित्रै जिल्लाका सबै विद्यालयहरुमा पाठ्यपुस्तकहरु आइपुग्ने बताइएको छ । अहिले स्थानीय तहहरुले पाठ्यपुस्तक तथा शैक्षिक साम्रगीहरु खरिदको लागि विद्यालयहरुलाई पैशा पठाइसकेको उहाँले बताए छ ।
हाल नेपाल सरकारले अनिवार्य तथा निशुल्क शिक्षा ऐन पारित गरेकोले अगामी बैशाख २ गतेबाट एक हप्तासम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने बताएको छ । जसको लागी चैत्र अन्तिम सम्म भर्ना अभियानबारे सञ्चारमाध्यमहरुलाई जानकारी गराउने र आवश्यक मापदण्डहरु तयार गरि भर्ना अभियान सञ्चालन गरिने प्रमुख पन्तले बताए ।
जिल्लभरीका भर्नाको लागि उमेर पुगेका बालबालिकाहरुलाई अनिर्वाय रुपमा भर्ना गर्न अभिभावकहरुलाई अनुरोध गरिएको छ । बैशाख ५ गते पुस्तक दिवसका दिन विद्यार्थीहरुलाई पुस्तक बितरण गरिने र ७ गतेबाट पठनपाठन सुरु हुने बताइएको छ ।