सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका दार्चुलाका २ क्याम्पसमा निर्वाचनको तयारी तीव्र

Z

दार्चुला । यहि चैत्र २७ गते हुने सुदूरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दार्चुलाका २ क्याम्पसमा तयारी तिव्र पारिएको छ।

सुदूरपश्चिम विश्वविद्यालय अन्तरगत दार्चुलाको दार्चुला बहुमुखी क्याम्पस र गोकुलेश्वर बहुमुखी क्याम्पसमा यहि चैत्र २७ गते स्ववियु निर्वाचन हुदै छ। निर्वाचको तयारी स्वरुप दार्चुलाका दुईवटै क्याम्पसमा विद्यार्थी संघ संगठनहरुले दल दर्ता गराएका छन् ।

दार्चुलाका २ क्याम्पसमा स्ववियु निर्वाचनको लागि अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तीकारी र स्वतन्त्रका उम्मेदार चुनावी प्रतिपर्धामा रहेका छन। निर्वाचनमा नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ र नेकपा माओवादी निकटको अखिल क्रान्तीकारीबिच गठबन्ध गर्ने निणर्य भएको छ। नेकपा एमाले निकटको अनेरास्ववियु एक्लै चुनावी मैदानमा रहेको छ। जिल्लाका दुईवटै क्याम्पसमा स्वतन्त्र विद्यार्थीहरुले समेत निर्वाचनमा भाग लिन उम्मेदारी दर्ता गराएका छन।

जिल्ला सदरमुकाममा रहेको दार्चुला बहुमुखी क्याम्पसमा अनेरास्ववियुले स्ववियु अध्यक्षका लागि खडक सिंह ठगुन्ना लाई उम्मेदार बनाएको छ। त्यस्तै सचिवमा दिपु सिंह महता, कोषाअध्यक्षमा कुसुम धामीलाई उम्मेदार बनाएको छ । दार्चुला बहुमुखी क्याम्पसमा नेविसंघ र क्रान्तीकारीबिच गठबन्धन गरिएको छ । त्यहाँ नेविसंघले सभापती र कोषाअध्यक्षसहित ४ खुल्ला सदस्य र क्रान्तीकारीले सचिवसहित २ खुल्ला सदस्य पाउने गरि गठबन्धन गरिएको छ। नेविसंघ र क्रान्तीकारीको सयुक्त प्यानलबाट दार्चुला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षको लागि नेविसंघका प्रकास बडूलाई उम्मेदार बनाएको छ।

त्यस्तै सचिवमा क्रान्तीकारीका लाल सिंह महता र कोषाअध्यक्षमा नेविसंघका जगत धामी उम्मेदार रहेका छन। दार्चुला बहुमुखी क्याम्समा स्वतन्त्र विद्यार्थीहरुले समेत स्ववियु निर्वाचनमा उम्मेदारी दिएका छन । त्यस्तै सुदूरपश्चिम विश्व विद्यालय अन्तगतकै गोकुलेश्वर बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियु, नेविसंघ, क्रान्तीकारी र स्वतन्त्र विद्यार्थीहरुले उम्मेदारी दर्ता गराएका छन।

गोकुलेश्वरमा अनेरास्ववियुले अध्यक्षमा सुनिल डाँगा, सचिवमा विमला जाशी र कोषाअध्यक्षमा रेजिना विष्टलाई उम्मेदार बनाएको छ । गोकुलेश्वरमा पनि नेविसंघ र क्रान्तीकारी बिच स्ववियु निर्वाचनको लागि गठबन्धन भएको छ ।त्यहाँ नेविसंघले अध्यक्षसहित २ खुल्ला सदस्य र क्रान्तीकारीले सचिव र कोषाअध्यक्षसहित ४ खुल्ला सदस्य पाउने गरि गठबन्धन गरिएको छ। गोकुलेश्वरमा नेविसंघ र क्रान्तीकारीको तर्फबाट नेविसंघका नरेस विष्टले अध्यक्षमा उम्मेदारी दिनुभएको छ। त्यस्तै क्रान्तीकारीको तर्फबाट सचिवमा नवराज भट्ट र कोषाअध्यक्षमा अम्मरा धामीले उम्मेदारी दिएका छन् । गोकुलेश्वरमा स्वतन्त्र विद्यार्थी समुहबाट प्यानलसहित उम्मेदारी परेको छ।
क्

सम्बन्धित समाचार

ताजा समाचार