सुदुरपश्चिम पर्यटन व्यवपार मेला तथा दार्चुला महोत्सवको तयारी पूरा पुर्वमन्त्री ठगुन्नाले मेलाको उद्घाटन गर्ने

भोलिदेखि जिल्ला सदरमुकाम खलंगामा आयोजना हुने सुदुरपश्चिम पर्यटन व्यवपार मेला तथा दार्चुला महोत्सवको तयारी पूरा भएको छ । आयोजक दार्चुला उद्योग वाणिज्य सङ्घले संञ्चालन गर्ने पाचौँ महोत्सवको सबै तयारी पूरा भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको उद्घाटन नेकपा एमालेका पोलिटब्युरो सदस्य पुर्वमन्त्री जिल्ला इन्चार्ज गणेश सिह ठगुन्नाले गर्ने सङ्घका अध्यक्ष सुरेश सिह थापाले जानकारी दिए ।

महोत्सवका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भिञ्याउने उद्देश्यका साथ आयोजना हुने महोत्सव चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ । “अपिनाम्पा मालिकार्जुन, चौलानी र महाकाली दार्चुलाको शान,स्थानीय उत्पादन,कला,संस्कृति संरक्षण र प्रवद्र्धनमा हाम्रो अभियान भन्ने मुल नाराका साथ पाचौँ दार्चुला महोत्सव २०८१ आयोजना गरिएको आयोजक दार्चुला उद्योग बाणिज्य संघले जनाएको छ ।महोत्सवको ६० हजार दर्शकले अवलोकन गर्ने जनाइएको छ ।

महोत्सव अवधिभरि सुरक्षा व्यवस्थाका लागि नेपाल प्रहरीसहित सशस्त्र प्रहरी परिचालन गरिएको छ । यसैगरी, सुरक्षाको लागि सीसी टिभी क्यामेरा पनि जडान गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । महोत्सव अवधिभरि राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रत्येक दिन प्रस्तुति रहने जनाइएको छ । महोत्सव प्रत्येक दिन विहान १० बजेदेखि बेलुकी ७ बजेसम्म संञ्चालन हुने छ ।

महोत्सवको पुर्वसन्ध्यामा दार्चुला जिल्लाको विविधिता झल्किने साँस्कृतिक झाकी प्रदर्शनी व्याँसी शौका समुदायको विशिष्ट पहिरन र भेषभुषा प्रदर्शनी दार्चुला जिल्लाको दुुहँ मार्मा लेकम र व्यासँ क्षेत्रको रहन सहन सहितका खानाका परिकारहरुको विक्री वितरण हुने छ । महोत्सवमा प्रतिव्यक्ति टिकट रु १०० रुपैँया विद्यार्थी तथा जेष्ठनागरीकलाई ५० प्रतिशत छुट अपाङगता भएकालाई पनि छुटको व्यवस्था गरिएको छ । महोत्सव आयोजनाका लागि १ सय १सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ । महोत्सवमा १ सय १ स्टल राखिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार