मालिकार्जुन गाउँपालिका-४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीकाे गम्भीर लापरबाहीका ज्यान गएकाे छ ।

फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उनकाे शल्यक्रिया बिगारेको कारण महिलाको ज्यान गएको स्थानीयले आराेप लगाए ।

परिवार तथा स्थानीयबासीले उनको शल्यक्रिया प्रक्रियामा डाक्टरले लापरवाही गर्दा महिलाको ज्यान गएकाे बताएका हुन् ।

मालिकार्जुन गाउँपालिका स्वास्थ्य कार्यालय पस्तीमा आयोजित परिवार नियोजन शिविरमा सहभागी भएकी धामीको शल्यक्रियापछि स्वास्थ्य अवस्था जटिल बन्दै गएकाे थियाे। अप्रेसनकाे क्रममा पेटकाे आन्द्रा काटिएका कारण महिलाको ज्यान गएको स्थानीय बताउछन् ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयाेजना तथा परिवार नियाेजन संघ बैतडी युएनएफपिए प्राेजेक्टको सहकार्यक्रममा शिविर भएको थियाे ।
महिलाको आन्द्रा काटिएपछि उनलाई तत्काल मालिकार्जु आधारभूत अस्पताल पस्तिमा लगिएको थियो। त्यहाँ उचित उपचार सम्भव नभएपछि तीन पछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा लामाे समय उपचार भयाे ।
झण्डै दुई हप्ता आईसीयूमा राखेर उपचार गरिए पनि सुधार नआएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको थियो। तर, उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजले उनलाई बुधबार मृत घोषणा गरेकाे स्थानीय लक्ष्मणसिह धामीले बताए।
शिविरमा शल्यक्रिया लापरबाही गर्दै आन्द्रामा पनि समस्या निम्त्याएको र त्यसपछि मृत्युसम्म पुगेको आफन्त बताउँछन् ।
शल्यक्रियामा संग्लन डाक्टर एम बहादुर बस्नेत नेतृत्वको टाेलीले गम्भीर लापरबाही गरेकाे पीडितकाे आराेप छ । लापरबाही भएकै कारण क्षतिपूर्ति तिर्न प्राेजेक्ट तयार भएको हाे ।
याे विषयमा प्रतिक्रिया लिन खाेज्दा फाेन रिसिभ हुन सकेन ।
स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बीरेन्द्र भट्ट जिल्लाभरि ७२ जनाकाे शल्यक्रिया गरिएकोमा सीताकाे केही प्राविधिक समस्या भएको स्विकार्छन् । समयमै खबर नहुँदा पनि महिलालाई समस्या भएको हाे ।
दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य बिक्रमसिह धामीले ग्रामीण भेगमा यस्ता स्वास्थ्य शिविर आयाेजना गर्दा दक्ष डाक्टरको सुनिश्चितता गर्नुपर्ने माग प्रदेश सभामा उठाएका छन् । साथै उनले घट्नामा संग्लन माथि अनुसन्धान गर्न माग गरेका छन् ।
जिल्लाकाे लटिनाथ स्वास्थ्य चाैकी मार्मा, नाैगाड आधारभूत अस्पताल हाेपरीगाड, हुती स्वास्थ चाैकी व्याँस,गाेकुलेश्वर अस्पताल र जिल्ला अस्पताल दार्चुलामा शिविर भएको थियाे ।
महिलाको उपचारको क्रममा मृत्युु भएपछि स्वास्थ्य कार्यालय दार्चुलाले ६ लाख रूपैयाँ र परिवार नियाेजन संघ बैतडीले ४ लाख रूपैयाँ पीडित परिवारलाई दिने सहमति भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख भट्ट बताउँछन्।
बैतडीले ४ लाख दिई सकेको छ, उनले भने, स्वास्थ्य कार्यालयले ३/३ लाखका दरले दुई किस्तामा रकम बुझाउने सहमति भएको छ ।
खासगरी सुदूरपश्चिमका पहाडी जिल्लामा यस्ता सुत्केरी तथा परिवार नियोजन सम्बन्धिका समस्याले अकालमै ज्यान जाने गरेकाे छ ।