मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते जोशीको उपचारका क्रममा मृत्यु

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएका केशव राज जोशीको उपचारको क्रममा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा मोटरसाइकल दुर्घटना हुदा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक ३६ वर्षीय केशब राज जोशी गम्भीर घाइते हुनुभएको थियो ।

गम्भीर घाइते जोशीको उपचारको क्रममा शनिबार विहान काठमाडौंको ट्रमा हस्पिटलमा ज्यान गएको उपचारका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिरहेका पत्रकार गणेश धामीले बताउनुभयो । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ । बौद्धिक तथा समाजसेवी युवा जोशीको निधनले सिंगो परिवार र शुभचिन्तक स्तब्ध भएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार