सदरमुकाम खलंगास्थित महेन्द्र नमूना मावि खलंगाको सहायक प्रधानाध्यापकको जिम्मेवारी भैरवदत्त भट्टले पाएका छन् । उनलाई शुक्रबार विद्यालयले एक कार्यक्रमका स्वागत समेत गरेको छ ।
भट्ट लामो समयदेखि महेन्द्र नमूना मावि खलंगामा अङ्ग्रेजी विषय शिक्षण पेशामा संग्लन छन् । यसअघि सहायक प्रधानाध्यापक रहेका दामोदर जोशी प्रधानाध्यापक नियक्त भएसँगै भट्टलाई सहायक प्रधानाध्यापकको रुपमा नियुक्त गरिएको विद्यालयले जनाएको छ ।


महेन्द्र नमुना मावि खलंगाको सहायक प्रधानाध्यापकमा भट्ट नियुक्त
