एमालेकाे तीन महिने अभियान घुसामा, ज्येष्ठ सदस्यलाई सम्मान

दार्चुलाकाे अपिहिमाल गाउँपालिकामा तीन महिने वडा केन्द्रित अभियान वडा नम्बर २ मा सम्पन्न भएको छ । एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जाेशी प्रमुख आतिथ्यमा अभियान भएको हाे ।
वडा कमिटी अध्यक्ष सुरेन्द्र धामीको अध्यक्षता भएको कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, अपिहिमाल गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष तथा एमाले गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्याल लगायतकाे उपस्थित रहेको थियो ।
कार्यक्रममा २०७२ सालबाट नेपाली कांग्रेस परित्याग गरी हरिसिह धामीले नेकपा एमाले प्रवेश गरेका छन् ।
त्यस्तै कार्यक्रममा पार्टीमा आवद्ध १२ जना जेष्ठ सदस्यहरूलाई सम्मानित गरिएको पालिका कमिटी अध्यक्ष धर्मानन्द मन्यालले बताए ।

सम्बन्धित समाचार

ताजा समाचार