नेकपा एमाले दार्चुलाले थालेकाे तीन महिने वडा केन्द्रित अभियान अपिहिमाल गाउँपालिकाका ३ वडामा सम्पन्न भएको छ । फागुन ११ गते अपिहिमाल गाउँपालिका वडा नम्बर ५ मा पाेलिटव्यूराे सदस्य तथा दार्चुला इन्चार्ज गणेशसिह ठगुन्नाले उद्घाटन गरेका थिए ।
अभियान अन्तर्गत वडा नम्बर ६ हुँदै आज वडा नम्बर १ मा सकिएकाे एमाले अपिहिमाल गाउँपालिका कमिटी अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए । वडा कमिटी उपाध्यक्ष धाना धामकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जाेशी रहेका थिए । कार्यक्रममा एमाले दार्चुलाका पूर्व जिल्ला कमिटी अध्यक्ष रामदत्त जाेशी, अपिहिमाल गाउँकमिटी अध्यक्ष धर्मानन्द मन्याल लगायतका नेताहरूकाे उपस्थिति रहेको थियाे ।
एमालेले अहिले संगठन सुदृढीकरण अभियान अन्तर्गत जनताको गुनासाे सुन्न र याेजना बनाउन जरा केन्द्रित अभियान थालेकाे केन्द्रीय कमिटी सदस्य हरदेव जाेशीले बताए । अहिले अभियानमा नेता बाेल्ने भन्दा पनि जनताकाे समस्या बुझ्ने, नेता कार्यकर्ताबीच भएको ग्याप पहिचान गर्ने काम भइरहेको उनले बताए ।

एमालेकाे जरा अभियान अपिकाे तीनवटा वडामा सकियाे

