बाघको आक्रमणबाट एक जना घाइते

दार्चुला । दार्चुलामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । सोमवार साझँतिर जिल्लाको अपिहिमाल गाउँपालिका–६ मज्जे बस्ने ३६ वर्षीय बिक्रम सिंह धामीलाई बाघले आक्रमण गरि घाइते बनाएको हो । साँझतिर सेल्फु वनमा बाख्रा चराउन गएका धामीलाई बाघले आक्रमण गरेको स्थानीय सुरेश धामीले जानकारी दिए ।उनका अनुसार धामीको हात र अनुहारमा चोट रहेको छ । यस्तै बाघले एक बाख्रा खाएको छ भने एकलाई घाइते बनाएको स्थानीयले बताएका छन् । बाघले घाइते बनाएका धामीको आधारभूत अस्पताल मार्मा लटिनाथमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार