नेकपा एमाले पाेलिटव्यूराे सदस्य एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्नाले आज मकरीगाड-खण्डेश्वरी सडककाे स्थलगत निरीक्षण गरेका छन् ।
स्थानीय तहकाे पालिकासम्म सडक नजाेडिएकाे पालिका केन्द्रसम्म बजेट विनियोजन भएपछि स्थलगत निरीक्षण गरेका हुन् ।
अपिहिमाल गाउँपालिकालाई चालू आर्थिक वर्षमा सडकको ट्याक खोल्न ४ करोड बजेट विनियोजन भई बाेलपत्र खाेलिएकाे छ ।
नेकपा एमाले अपिहिमाल गाउँपालिका कमिटी नेतृत्वको टाेलीले केही समय अघि काठमाडौं पुगेर सडककाे लागि बजेट विनियोजन गराउन माग गरेका थिए ।
अहिले अपिहिमाल वडा नम्बर ५ काे मकरिगाडसम्म मात्रै सडककाे ट्याक खुलेकाे छ ।

