नेकपा एमाले निकट अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाका ६१ वटा विद्यालयमा पुगेको छ । विद्यार्थीको प्रतिभा पहिचान गर्ने उद्देश्यअनुरुप अनेरास्ववियुले विद्यार्थीमाझ पुगेको हो ।
राजनीतिप्रति युवाहरुको वितृष्णा बढिरहेको बेला विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीमाझ अनेरास्ववियु पुगेको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले बताए । विद्यार्थी जागरण अभियानमा प्रत्यक्ष रुपमा ९१ जना विद्यार्थीले अखिलको कार्यक्रममा सहभागिता जनाए ।
अनेरास्ववियु दार्चुलाले दुहुँ–लेकम–मार्मामा विद्यार्थी जागरण तथा प्रतिभा पहिचान अभियान संचालन गरिरहेको छ । अभियानको पहिलो चरण अन्तर्गत “सामाजिक संजालको प्रयोग ः वरदान कि अभिशाप” शीर्षकमा जिल्लाका ९ वटै पालिकामा पालिकास्तरीय प्रतियोगिता सम्पन्न भएको छ । गत मंसिरबाट सुरु भएको अभियान पहिलो चरणमा भव्यताका साथ सम्पन्न भयो, अध्यक्ष जोशीले भने, हामी विद्यार्थीबीच सामाजिक रुपान्तरणको बाटोमा हिड्न दृढ संकल्पित छौं ।
सभ्यता संस्कृति सँगै राजनीतिको चेतना दिनुपर्छ भन्ने उद्देश्य अनुरुप जिम्मेवार विद्यार्थी संगठनका हिसाबले अनेरास्ववियुले शिक्षासँग सम्बन्धित कार्यक्रम लिएर निन्तर विद्यार्थीमाझ पुग्ने प्रण लिएको छ उनले भने । आगामी दिनमा विद्यार्थीभित्रको अन्तरनिहित क्षमता प्रस्फुटनको लागि पठन संस्कृतिको विकास गर्न साता व्यापी पठन कक्षा संचालन गरिने, सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, नमूना युवा संसदीय अभ्यास जस्ता कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले बताए ।
अनेरास्ववियुले सञ्चालन गरेको “सामाजिक संजालको प्रयोग ः वरदान कि अभिशाप” शिर्षकको वक्तृत्व प्रतियोगिता अन्तर्गत महाकाली नगरपालिकास्तरीय प्रतियोगितामा मालिकार्जुन नमुना मावि धापका विराजमान बडु प्रथम र जेनी धामी द्धितीय, महेन्द्र मावि खलंगाकी ज्योती भट्ट तृतीय भए ।
नौगाड गाउँपालिकास्तरीय प्रतियोगितामा लटिनाथ मावि खारका बिमला ठगुन्ना प्रथम, गणेश बिनायक मावि सिप्टीका समिक्षा ठगुन्ना द्धितीय र समैजी मावि सौकेबगरका अरुणिमा धामीले तृतीय स्थान हासिल गरे ।
मार्मा गाउँपालिकास्तरीय प्रतियोगितामा लटिनाथ मावि रस्कोटका ईशारा कोट्टारी प्रथम, लाम्बगर माविका डायमन सिंह द्धितीय, दुर्गेश्वरी मावि घोल्जरका स्रेस्ता ठगुन्ना तृतीय भए । अपिहिमाल गाउँपालिकास्तरीय प्रतियोगितामा खण्डेश्वरी माविका अस्मिता ठगुन्ना प्रथम, शुशिला टमटा द्धितीय र छिपुलकेदार मावि धंकका मिलन धामी तृतीय भए ।
दुहुँ गाउँपालिकास्तरीय प्रतियोगितामा पिपलचौरी मावि विणका प्रिन्सा बम प्रथम, कबिता बम द्धितीय, गौरीलमाण्डौ मावि हिकिलाका विवेक धामी तृतीय स्थान हासिल गरे । लेकम गाउँपालिकास्तरीय प्रतियोगिामा ऐडिबाग मावि मैखोलीकाा हिमाद्री जोशी प्रथम, केदार मावि धरमघरका शारदा जोशी द्धितीय, र हुनैनाथ मावि कुणीका दिनेश जोशी तृतीय भए ।
मालिकार्जुन गाउँपालिका स्तरीय प्रतियोगितामा मालिकार्जुन मावि मडका भुरी टमटा प्रथम, शंकरपुर मावि पस्तीका मीना धामी द्धितीय र राष्ट्रिय मावि ठिङका आशिष धामी तृतीय भए । ब्याँस गाउँपालिकास्तरीय प्रतियोगितामा सम्पाल मावि सुन्सेराका दीपा भट्ट प्रथम, रेखा धामी द्धितीय, र सिद्ध मावि सिनाका अनुस्का कुवँर तृतीय भए ।
शैल्यशिखर नगरपालिकास्तरीय प्रतियोगितामा गलैनाथ मावि झरकाडाका युवराज जोशी प्रथम, गोकुलेश्वर मावि गोकुलेश्वरका कमलेश विष्ट द्धितीय, र सत्यप्रकास मावि देथलाका आयुश प्रसाद भट्टले तृतीय स्थान हासिल गरेको अनेरास्ववियुले जनाएको छ ।

चार महिनामा ६१ विद्यालयमा पुग्यो अनेरास्ववियु

