नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम पालिका अध्यक्षमा जाेशी चयन

नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिकाको तेस्रो गाउँपालिका अधिवेशनले महेशराज जाेशीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे छ ।
शनिवार सम्पन्न भएको अधिवेशनले जाेशीकाे नेतृत्वमा १६ सदस्यीय समिति चयन गरेकाे हाे।
समितिको महिला उपाध्यक्षमा दुर्गा कलौनी, उपाध्यक्षमा दुर्गादत्त जोशी, सचिवमा हरिभक्त नाथ, सहसचिवमा इश्वरी जोशी, कोषाध्यक्षमा गोपालसिंह धामी र सह कोषाध्यक्षमा हरिना बिष्ट सर्वसम्मत चयन भएका छन् ।
यस्तै सदस्यहरूमा नैनसिंह साउद, गणेशदत्त जोशी, परमानन्द जोशी, बीरसिंह बगाल, जयानन्द जोशी, हरिश नाथ, नवलसिंह खत्री, मंगला भट्ट र महेश गिरी चयन भएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन लेकम गाउँपालिका कमिटी अध्यक्ष चन्द्रदेव भट्टको अध्यक्षता भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य नवराज आोझाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी, एमाले जिल्ला कमिटी उपाध्यक्ष एंव लेकम इन्चार्ज परमानन्द जोशी, शिक्षक संगठन लेकमका पूर्व अध्यक्ष केशवराज बिष्ट, नेकपा (एमाले) लेकम गाउँकमिटी सचिव पदमराज जोशी लगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनकाे अवसरमा संगठनमा योगदान गर्ने पूर्व गाउँ कमिटी अध्यक्ष केशवराज बिष्ट, निर्वतमान गाउँ कमिटी अध्यक्ष चन्ददेव भट्ट, कोषाध्यक्ष दिपक राम दमाई, सह– कोषाध्यक्ष मीना बोहरा र सदस्य कल्यान सिंह धामीलाई संगठनमा पुर्याएको योगदानको उच्च कदर गर्दै अविर दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार