नेपाल निजामति कर्मचारी संगठनको तेस्रो पालिका कमिटि अधिवेशन सम्पन्न अध्यक्षमा भट्ट चयन

दार्चुला । नेपाल निजामति कर्मचारी संगठन महाकाली नगरपालिकाको तेस्रो पालिका कमिटि अधिवेशन सम्पन्न भएको छ । महाकाली नगरपालिका नगर कमिटि द्धारा आयोजना गरिएको तेस्रो पालिका कमिटि अधिवेशन सम्पन्न हो । मंगलबार सम्पन्न तेस्रो नगर कमिटि अधिवेशनबाट विष्णुदत्त भट्टको अध्यक्षतामा नयाँ पालिका कमिटि गठन भएको हो । उपाध्यक्षमा हरिना विष्ट,सचिवमा,भुपेन्द्र रैखोला र कोषाध्यक्षमा अमरसिह महरा गरी ११ सदस्यीय पालिका कमिटि गठन गरिएको नेपाल निजामति कर्मचारी संगठन दार्चुलाका अध्यक्ष राजेन्द्र सिह धामीले बताए ।

जिल्लामा नेपाल निजामति कर्मचारी संगठनले माघ १२ गतेसम्म जिल्लाका नौवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरी माघ १५ गते १० औँ जिल्ला अधिवेशनको आयोजना गरेको निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष धामीले जानकारी दिए । नेपाल निजामति कर्मचारी संगठन नगर कमिटी अध्यक्ष कर्णबहादुर खत्रीको अध्यक्षतामा बसेको भेलामा नगरपालिकाका उप प्रमुख दुर्गाखत्री विष्टको प्रमुख आर्थित्यता रहेको थियो । यस्तै नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष राजेन्द्र सिह धामी लगायत अन्य पदाधिकारीको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार