सुत्केरी व्यथा लागेकी महिलाको स्वास्थ्य केन्द्रमा मृत्यु

अपि हिमाल गाउँपालिकामा एक गर्भवती महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं १ की २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।
सुत्केरी व्यथा लागेपछि गाउँबाट एक घण्टा बोकेर स्वास्थ्य केन्द्रमा सितिमा पु¥याएको महिलाको मृत्यु भएको स्थानीय कमानसिह धामीले जानकारी दिए । बर्थिङ सेन्टर रहेको स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा आमा र बच्चाको अवस्था राम्रै भएको जानकारी थियो, उनले भने ‘तर एकाएक पसिना निकालेर बेडमै मृत्यु भयो ।’
स्वास्थ्य केन्द्रमा पु¥याउँदा महिलालाई व्यथाले धेरै नै च्यापेको थियो । प्रसूतिका निम्ति प्रयाप्त उपकरण समेत छैन् । स्वास्थ्य केन्द्रमा अनमी पार्वती जागरीले चेकजाँच गरिन् । २।३ घण्टा पछि बच्चा जन्माउने अवस्था रहेको जानकारी गराएकी थिइन् । एकसाता अघि पनि त्यही स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा पनि महिला र पेटमा बच्चाको अवस्था राम्रै रहेको बताइएको थियो ।
स्वास्थ्य चौकी खण्ण्डेश्वरीमा गएर भिडियो एक्सरे गराउँदा पनि राम्रै रहेको जानकारी थियो, धामीले भने, तर एकाएक बेहोस भइन् । महिला शारीरिक रुपमा समेत कमजोर थिइन् । यसअघि जागरीका एक छोरी छन् ।
हेलिकप्टरबाट तत्काल उद्धार गर्न सकिने अवस्था पनि थिएन् । नजिकको स्वास्थ्य केन्द्रमा पु¥याउनै समय लाग्यो । अवस्था सामान्य भए पछि बाहिर लिने तयारी पनि गरिएन् ।
दार्चुलाको अपिहिमाल सडक सञ्जाल र विद्युत पुगेको छैन् । गाउँबाट गाडीसम्म पु¥याउनै चार घण्टा बढि समय लाग्छ ।

सम्बन्धित समाचार

ताजा समाचार