दार्चुलामा शिलान्यास गरिएका तीन ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणकार्य सुस्त छ । सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ शिलान्यास गरेको थियो । जसमा दार्चुलाका सात ओटा अस्पताल मध्ये तीन ओटा अस्पताल निर्माण कार्य सुस्त छ ।
समयमैै आधारभूत स्वास्थ्य अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपिहिमालका नागरिकले विरामी हुँदा छिमेकी पालिका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी काठमाण्डौंसम्म पुग्नुपर्ने बाध्यता छ ।
अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि पनि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिह खत्री बताउँछन् ।
लेकम गाउँपालिकामा आर्थिक वर्ष ०७७ ÷०७८ मा जगदम्बा यमुना जेभीले ठेक्का पाएको १० सैय्या अस्पताल अस्पताल भवन निर्माण कार्य भर्खर सुरु भएको छ । कुल ७ करोड लागतमा ठेक्का सम्झौता भएको अस्पताल निर्माणको लागि दुई पटक म्याद थप गरेपछि मात्रै अहिले निमाण कार्यअघि बढेको लेकम गाउँपालिका लेखा अधिकृत ममता विष्टले बताइन् कार्यपालिकाले कालोसूचीमा राख्ने प्रकृया अघि बढाएपछि मात्रै ठेकेदारले काम सुरु गरेको छ ।
दुहुँ गाउँपालिकामा निर्माण भइरहेको १० सैयाँ अस्पताल पनि भर्खरमात्रै निर्माण कार्य अघि बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बीरसिह धामीले जानकारी दिए । आर्थिक वर्ष ०७७।०७८ मा यमुना, कौशिल जगदम्बा जेभीले कुल ८ करोड २९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौंतापछि ठेकेदार सम्पर्कबिहिन भएको थियो । अहिले आएर ठेकेदारले काम अघि बढाएको छ ।
व्याँस गाउँपालिकामा आर्थिक वर्ष ०७९।८० मा १५ सैया अस्पताल निर्माणको लागि ठेक्का सम्झौता भएको छ । कुल २४ करोड ७६ लाख ८५ हजार रुपैयाँ लागतमा सम्झौता भएको अस्पताल अहिले निर्माण कार्य भइरहेको निमत्ति प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह कुवरले बताए ।
अपिहिमाल गाउँपालिकामा निर्माण भइरहेको १० शैया अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आर्थिक वर्ष ०७७।०७८ मा स्वार एसोसिएट रन्जितकार जेभी धनगढीसँग कुल १० करोड ३३ लाखमा ठेक्का सम्झौता भएको थियो । तीन पटक म्याद थप भएपछि अहिले काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका सूचना अधिकारी पानसिह धामीले जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका र नौगाड गाउँपालिकामा अस्पताल भवन निर्माण गरेर सञ्चालनमा आएको छ । यी दुवै ठाउँमा करारमा डाक्टर नियुक्ति गरेर सेवा प्रवाह हुँदै आएको छ ।