दार्चुला । अपिहिमाल गाउँपालिकामा सञ्चालन भएको पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बुधबार अपिहिमाल गाउँपालिकाको खेलमैदान सम्तेली चौडमा सम्पन्न भएको छ । पुस १५ गतेबाट सञ्चालन भएको रनिङ शिल्ड प्रतियोगिताको उपाधि महादेव मावि घुसाले हात पारेको छ ।
प्रतियोगितामा महादेव मावि घुसाले १६ स्वर्ण, १० रजत र २ कास्यपदक सहित कुल २८ स्थानका साथ प्रथम स्थान हासिल गरेको छ । यस्तै भवानी मावि सौगन्नाले १० स्वर्ण, ६ रजत र ८ कास्यपदक सहित कुल २४ पदकका साथ द्वितीय स्थान ग¥यो ।
खण्डेश्वरी मावि क्षेत्तीले ३ स्वर्ण, ९ रजत र १३ स्वर्णसहित २५ पदक ल्याएर तृतीय स्थान प्राप्त गरेको छ भने छिपुलकेदार मावि धङ्कले १ स्वर्ण, ५ रजत र ७ कास्य गरी १३ पदकसहित सान्तवना स्थान प्राप्त गरेको छ ।
एथलेटिक्स छात्रतर्फ घुसा ९ स्वर्ण ४ रजत प्राप्त गरी प्रथम, सौगन्ना २ स्वर्ण ५ रजत ३ कास्य सहित द्वितीय स्थानमा रह्यो । एथलेटिक्स छात्रातर्फ सौगन्ना ८ स्वर्ण ३ कास्य सहित प्रथम, घुसा ५ स्वर्ण ५ रजत १ कास्य सहित द्धितीय स्थानमा रह्यो ।
यसैगरी भलिबल छात्रतर्फ महादेव मावि घुसा प्रथम, खण्डेश्वरी मावि क्षेत्ती द्वितीय र भवानी मावि सौगन्ना तृतीय भयो । छात्रा भलिबलतर्फ खण्डेश्वरी मावि क्षेत्ती प्रथम, भवानी मावि सौगन्ना द्वितीय र महादेव मावि घुसाले तृतीय स्थान हात पा¥यो ।
कबड्डी छात्रतर्फ महादेव मावि घुसा प्रथम, छिपुल केदार मावि धङ्कं द्वितीय र भवानी मावि सौगन्ना तृतीय स्थान ल्यायो । छात्राकबड्डी तर्फ छिपुल केदार मावि धङ्कं प्रथम, महादेव मावि घुसा द्वितीय र भवानी मावि सौगन्ना तृतीय स्थान हासिल गरे ।

अपिहिमाल गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि मावि घुसालाई

