दार्चुला खलंगास्थि एउटा बैकमा ताेडफाेड गर्ने एक जना पक्राउ परेका छन् । मङ्गलबार राति साङ्ग्रिला डेभलपमेन्ट बैंकमा ताेडफाेड गर्ने तुसार लुहार पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रकाश दहाल नेतृत्वकाे टाेलीले बुधबार विहान लुहारलाई घरमा सुतिरहेकाे बेला पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए ।
लुहारले बैंकमा टोडफोड गरेको र नगद सहित समान चाेरेका थिए । जिल्ला प्रहरी कार्यालय दार्चुका प्रमुख दहालकाे टाेलीले लुहारकाे घरमा चेकजाँच गर्दा लुहारकाे काेठाबाट बैकबाट चाेरी भएकाे ८४ हजार ५ सय नगद र बैककाे ट्यागभएकाे काटुन भित्र सिसिटिभि क्यामेरा एटिएम कार्डका थान ४ पिस फिक्स डिपाेजिट सटिफिकेट १ बरामद गरिएकाे सूचना अधिकारी जाेशीले बताए । लुहारकाे साथबाट बैककाे स्टाेरबाट चाेरी भएकाे खुकुरी १ चाेरी गर्दा लगाएकाे हेलिमेड कपडा जुता सहित पक्राउ गरि जिल्ला अदालत बाट ७ दिनकाे म्याद थप गरि अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
प्रहरीले एकदमै छाेटाे समयमा लुहारलाई पक्राउ गरेकाे हाे याे भन्दा अगाडि पनि जिल्ला सदरमुका दार्चुलामा चाेरीका घटना धेरै हुने गरेका थिए । पछिल्लो समय प्रहरीकाे सक्रियता बढेकाे छ ।