उपनिर्वाचनमा पर्यवेक्षणका लागि निवेदन आह्वान

निर्वाचन आयोगले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरुलाई निवेदन आह्वान गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को अनुसूची–६३ बमोजिम निवेदनका लागि कात्तिक २६ देखि ३० गतेसम्म पाँच दिनको समय दिइएको छ ।
सम्बन्धित व्यक्तिसँग आयोगको तर्फबाट सामान्य जानकारीमूलक अन्तरक्रिया गरी वडा वा पालिका तोकेर पर्यवेक्षणको स्वीकृति प्रदान गरिने उनले बताए ।
उनका अनुसार आयोगले निर्वाचन सम्पन्न भएको एक महिनाभित्र अनिवार्य रुपमा प्रतिवेदन लिइ सो उपर छलफल कार्यक्रम गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार