खैरो हेरोइनसहित दुई जना पक्राउ

प्रहरीले दार्चुलामा खैरो हेरोइनसहित दुई जना पक्राउ गरेको छ । बैतडीबाट दार्चुला आउँदै गरेको ग ३ च ३३५१ नम्बरको जीपमा सवार यात्रु चेकजाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।
शुक्रबार शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारमा चेकजाँचको क्रममा नौगाड गाउँपालिका–४ का २२ वर्षीय लोकेन्द्रसिह ठगुन्ना, वडा नम्बर ५ का १९ का बीरेन्द्रसिह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले नियमित गाडी चेकजाँचको क्रममा धामी सँग ९ सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहालले जानकारी दिए । प्रहरीले दुवै जना बिरुद्ध २० दिनको म्याद थप गरि अनुसन्धान अघि बढाएको उनले बताए । यस्तै प्रहरीले जीप समेत नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार