दार्चुलामा यात्रु सवार हाइस दुर्घटना पाँच जना घाईते

दार्चुला खलंगाबाट महेन्द्रनगरतर्फ गइरहेको हाइस गोकुलेश्वरमा दुर्घटना भएको छ । महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–९ नक्तड प्रहरी चेक पोष्ट नजिकै हाइस दुर्घटना भएको हो ।
बा ५ ख ५२७५ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिए ।
भीमदत्त नगरपालिका–१२ का ४४ वर्षीय रामबहादुर महराले चलाएको हाइसमा १७ जना यात्रु सवार थिए । घाइते हुनेमा शैल्यशिखर–६ पनेबाजकी १४ वर्षीया जस्मीना धामी, वडा नम्बर–७ देवथलीका ८० वर्षीय बिष्णुदत्त जोशी, १० वर्षीय नाती हिमान्सु जोशी, कञ्चनपुर बेदकोट नगरपालिकाकी ४० वर्षीया बसन्ती बिष्ट र सहचालक बर्दगोरीयाका २२ वर्षीय रोहित रहेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार