भवन निर्माण अलपत्र छोडेको भन्दै दुहुँको प्रशासकीय भवनको ठेक्का रद्ध

दार्चुलाको दुुहुँ गाउँपालिकाले पालिका भवन निर्माण समयमै सम्पन्न नगरेको भन्दै ठेक्का रद्ध गरि दिएको छ । प्रशासकीय भवन निर्माणको जिम्मा पाएको श्री वाई आर कन्सट्रक्सन प्रालिसँगको सम्झौंता रद्ध गरेको हो ।
पालिकाले ०७६।०७७ मा निर्माण सुरु भएको भवन बिचैमा छोडेर ठेकेदार गएपछि ठेक्का रद्ध गरेको प्रमुख प्रशासकीय अधिकृत बीरसिह धामीले जानकारी दिए । ठेकेदारलाई पटक पटक ताकेता गर्दा समेत कुनै प्रतिक्रिया नदिएर भवन अलपत्र छोडेपछि सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ७ र ८ तथा गाउँ कार्यपालिकाको कात्तिक ५ गतेको निर्णयअनुसार निर्माण कार्यको सम्झौता रद्ध गरिएको उनले बताए । यस्तै निर्माण अलपत्र छोड्ने निर्माण कम्पनीलाई कालोसूचिमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको जनाएको छ ।
गाउँपालिकाले निर्माण कम्पनीसँग कार्यसम्पादन जमानत बाफतको कुल ७९ लाख ३७ हजार ५ सय रुपैयाँ समेत जफत गरिएको जनाएको छ ।

निर्माण कम्पनीले भवन निर्माण सम्झौंता अनुसार भवन अधुरै छोडेको, टायल, विजुली पानी, झ्याल ढोका अधुरै छोडेका कारण ठेक्का रद्ध गरिएको प्रमुख प्रशासकीय अधिकृत धामीले बताए । उनले भने, एक महिनाको पनि काम छैन्, तर ठेकेदार सम्पर्कमै नआउने समस्या भयो ।

सम्बन्धित समाचार

ताजा समाचार