दार्चुलामा नेकपा (एमाले) ले सबै स्थानीय तहमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिरहेको छ । दशै तिहार र छट पर्वकाे अवसर पारि जिल्ला दाैडधुप गरिरहेकाे हाे ।
विहिबार दुहुँ गाउँपालिकामा, शुक्रबार व्याँस गाउँपालिकामा कार्यक्रम गरेकाे नेकपा एमालेले शनिबार महाकाली नगरपालिकामा पालिकास्तरीय कार्यक्रम गरेको छ ।
नगर कमिटी अध्यक्ष खडकसिंह महरको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश लेखा समिति संयोजक राजेन्द्र सामन्त, प्रदेश कमिटी सदस्यहरू हिरादेवी अवस्थी, प्रेमसिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमानन्द जोशी, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर लगायत जिल्ला र पालिका स्तरीय नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।