कार्तिक १ देखि ९ गतेसम्म एमालेले पालिकास्तरीय कार्यक्रम आयोजना गर्ने

दार्चुला । दार्चुलामा कार्तिक १ गतेदेखि नेकपा (एमाले) ले पालिकास्तरीय शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्तिक १ गतेदेखि ९ गतेसम्म दार्चुलाका नौँ वटै स्थानीय तहमा एक÷एक दिन पालिकास्तरीय शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्न लागेको एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्रबहादुर घर्तीले जानकारी दिए ।

उनका अनुसार कार्तिक १ गते दुहुँ गाउँपालिकाको वडा नम्बर ५ मा कार्यक्रम आयोजना हुनेछ ।

यस्तै कार्तिक २ गते व्याँस गाउँपालिकामा, ३ गते महाकाली नगरपालिकामा, ४ गते मालिकार्जुन गाउँपालिकामा, ५ गते अपिहिमाल गाउँपालिकाको दहिभातमा कार्यक्रम आयोजना हुनेछ ।

यस्तै ६ गते मार्मा गाउँपालिकामा, ७ गते नौगाड गाउँपालिकामा, ८ गते शैल्यशिखर नगरपालिकामा र ९ गते लेकम गाउँपालिकामा कार्यक्रम आयोजना हुने उनले बताए ।

उक्त कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य एबं दार्चुला इन्चार्ज गणेशसिंह ठगुन्ना, जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत नेताहरुको उपस्थिति रहने बताइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार