निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डमा काम गर्ने एक जना मजदुर घाइते भएका छन् । नेपाली सेनाद्वारा निर्माणाधीन दार्चुला–टिंकर सडक खण्डको व्याँस गाउँपालिका–२ मा मजदुरी गर्दै आएका डोल्पा जिल्ला त्रिपुरासुन्दरी नगरपालिका– ६ का २२ वर्षिय धनप्रसाद डागी घाइते भएका हुन् ।
सडक खन्ने क्रममा माथिबाट आएको ढुङ्गा लागेर मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले जानकारी दिए । उनको शरीरका विभिन्न भागमा चोट लागेका छ ।
घाइते डांगीलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी छ ।
