दार्चुलामा जीप दुर्घटना हुदा तीन जना घाइते भएका छन् । जिल्लाकाे शैल्यशिखर नगरपालिका वडा नम्बर– ५ ओखडानीमा बुधवार (आज) बगौराबाट सेत्कला तर्फ जादै गरेको सिद्धु रावलले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ज १५९४ नम्बरको बोलेरो जीप ओखडानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।
जीपमा सवार शैल्यशिखर–४ रातापानी (मल्लो सेतकलाका) २४ वर्षीय हरिश धामी २१ वर्षिय मोहन सिह धामी र ३९ वर्षीय दान सिंह ठगुन्ना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए ।
घाइते तीनै जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जीपमा १४ जना यात्रु सवार रहेको र सडकबाट १० मिटर तल खसेको छ प्रहरीले जनाएको छ ।







