सुदूरपश्चिम प्रदेश भलिबल टिमका क्याप्टेन धामीलाई नगदसहित सम्मान

सुदूरपश्चिम प्रदेशका टिम क्याप्टेन नवराज धामीलाई शैल्यशिखर नगरपालिकाले नगदसहित सम्मान गरेको छ । नगरपालिकाले बुधबार एक कार्यक्रमका बीच धामीलाई ५० हजार नगदसहित सम्मान गरेको हो ।
नगरप्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत लगायत जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा भलिवलका क्याप्टेन धामीलाई सम्मान गरिएको नगर प्रमुख विजयसिह धामीले जानकारी दिए ।
शैल्यशिखर नगरपालिका घर भएका नवराज धामी अहिले भलिबल छात्रतर्फ सुदूरपश्चिम प्रदेशस्तरीय टिमको नेतृत्व गरिरहेका छन् । खेलाडी धामीलाई हौसला प्रदान गर्नका लागि नगरपालिकाको तर्फबाट नगदसहित सम्मानित गरिएको नगर प्रमुख धामीको भनाई छ ।

सम्बन्धित समाचार

ताजा समाचार