खैरो हिरोइनसहित तीन जना पक्राउ

दार्चुला : दार्चुलामा खैरो हिरोइनसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरबाट बिरेन्द्र चन्द, जगदिश कोली र सुरज महर खैरो हिरोईनसहित पक्राउ परेका हुन् ।

शुक्रवार राती साढे ८ बजेको समयमा मोटरसाइकलमा सवार उनीहरु ९८० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार